१४ कार्तिक २०८३, शनिबार

अग्रजहरुमाथि आइलाग्यो यस्तो आरोप ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-ghimireकाठमाडौं, ७ माघ । दोहोरो सुविधा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त सावित्रि गुरुङले बदनाम भई खाइपाई आएको जागिरबाट हात धुनुपरेको धेरै भएको छैन् । उसो हो भने राज्यले सम्मानको नाममा दिइएको दोहोरो/तेहेरो सुविधा र भत्ता खाने व्यक्तिको हकमा चाँही के हुने त ? प्रश्न उठ्नु स्वभाविकै हो ।

एकातिर सरकारी सेवाबाट अवकाश पाएका वृद्धवृद्धाहरुलाई दोहोरो सुविधाको नाममा वृद्धभत्ता कटौती हुँदै आएको छ । अर्काेतर्फ त्यही सुविधा निर्धक्कसँग राष्ट्रकवि माधव प्रसाद घिमिरेले भोग गर्दै आइरहेका छन् । घिमिरेले नेपाल प्रज्ञा प्रतिष्ठानबाट आजिवन भत्ता स्वरुप २९ हजार १ सय १३ रुपैंया ३३ पैसा मासिक रुपमा बुझ्दै आएका छन भने अर्काेतर्फ राष्ट्रकवि भत्ताको नाममा मासिक १२ हजार समेत उनले पाँउदै आएका छन । त्यसमाथि मासिक रुपमा पाउने जेष्ठ नागरिक भत्ता समेत छदैंछ । तत्कालिन राजाको निगाहमा उनले मासिक रुपमा राष्ट्रकवि भत्ता पाउन थालेको ६० सालदेखि हो ।

राज्यबाट दोहोरो सुविधा उपयोग गर्नेमा राष्ट्रकवि मात्र एक्ला पात्र होइनन् । उनलाई समेत माथ गर्नेगरी दोहोरो भत्ता लिनेमा श्यामदास वैष्णवको नाम पनि आँउछ । ००७ सालमा तारणी प्रसाद कोइराला रेडियो नेपालको निर्देशक हुँदा वैष्णव रेडियो नेपालमा प्रवेश गरेका हुन । वैष्णवले एकातिर रेडियो नेपालबाट भत्ता पाउदै आएका छन भने अर्काेतिर नेपाल प्रज्ञा प्रतिष्ठानबाट समेत आजिवन भत्ताको नाममा २९ हजार १ सय १३ रुपैंया ३३ पैसा बुझ्दै आएका छन ।

नेपाल प्रज्ञा प्रतिष्ठानबाट यसरी आजिवन भत्ता बुझ्ने कवि÷साहित्यकारको संख्या २९ जना पुगिसकेको छ ।