१४ कार्तिक २०८३, शनिबार

दुई दिनमा सात चेलीको उद्दार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उद्धार गरिएका नेपाली चेलीहरु
उद्धार गरिएका नेपाली चेलीहरु

भीमदत्तनगर, ७ माघ । माइती नेपाल कञ्चनपुरले दुई दिनमा पश्चिम नाका गड्डाचौकीबाट सात चेलीहरुको उद्दार गरेको छ ।

मङ्गलबार पाँचजना र बुधबार दुईजना गरी सातजना युवतीको उद्दार गरेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो ।

उद्दार गरिएकाहरुमा कञ्चनपुरका दुईजना, काठमाडौँंका एक, दाङ एक, कैलाली एक, म्याग्दी एक र चितवनका एकजना युवती रहेका छन् । उनीहरु विभिन्न बहाना बनाएर भारतलगायत तेस्रो मुलुक गइरहेको माइती नेपालले बताएको छ ।

माइती नेपालले चितवन र कैलालीका युवतीलाई आफन्तको जिम्मा लगाएको छ भने बाँकी पाँचजनालाई अनुसन्धानका लागि माइती नेपालको संरक्षणमा राखेको छ । ‘म्याग्दी र काठमाडाँैका युवतीसित हामीले तीनजना युवालाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएका छौँं ।’ संयोजक भट्टले भन्नुभयो–‘युवा पनि युवती बेचबिखनमा लागिरहेको घटना प्रवृतिले देखाएको छ ।’ सबै युवती १७ देखि २६ वर्ष उमेर समूहका रहेका छन् ।

‘पश्चिमी नाका मानव बेचबिखनको केन्द्रविन्दु बनिसक्यो,’ उहाँले भन्नुभयो–‘सीमामा उद्दार गरेर मात्रै यसको रोकथाम हुँदैन, यसमा सरकार पनि गम्भीर हुनु आवश्यक छ,’ उहाँले भन्नुभयो । रासस