
– अनिल खत्री
गुल्मी ७ माघ । गत पुष ३० गते ४ बटा बच्चा जन्माएका गुल्मी जैथीथोक वडा नं २ का जनक कुवर र गीता कुवंरलाई आर्थिक समस्या परेको छ । मंसिर १६ गतेबाट लुम्बिनी मेडिकल कलेज प्रवासमा रहेकी गीताले पुष ३० गते बिहान २ छोरा र २ छोरी जन्माउनु भएको थियो ।
जन्मिए देखिनै बच्चाहरुलाई अत्यावश्यम कक्ष आइसियुमा राख्नुपर्ने भएकाले कुवर परिवारलाई आर्थिक समस्या परेको हो । १ दिनको ५ हजार १ जना बच्चाको आइसियु चार्ज तिर्न पर्ने भएकाले प्रतिदिन २० हजार आवश्यक पर्ने गरेको गीताका श्रीमान जनकले बताउनुभयो । अहिले सम्म आफुले जसोतसो खर्च थेगेको भएपनि अव गाह्रो भएको उनले बताए ।
सामान्य परिवारका कुवंरले आज पाल्पाका केहि संस्था मार्फत सहयोग जुटाएको भन्दै गुल्मेलीहरु संग पनि सहयोगको याचना गरेको टेलिफोन मार्फत जानकारी दिनुभयो । उहाँका अनुसार २ बच्चालाई केहि समय छिटो निकाल्न सक्ने भएपनि अरु २ जना बच्चालाई १ महिना आइसियुमै राख्नपर्ने छ । त्यसैले आफुसक्दो सहयोग गरी बच्चाहरु बचाईदिन कुवंरले आग्रह गर्नुभयो ।












प्रतिक्रिया