
बनेपा, ६ माघ । नक्कली सुन प्रकरणमा प्रहरीले चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेको नाम, स्थान गोप्य राखिए पनि त्यसको नेतृत्व दिलीप थापामगरले गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।
उहाँले झन्डै तीन साताअघि नक्कली सुनको नाममा काभ्रेपलाञ्चोकमा रु ३२ लाख ठगेकाले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको बताउनुभयो । प्रहरी उपरीक्षक बास्तोलाले सो घटनाका बारेमा बिहीबार पत्रकार भेटघाटको आयोजना गरी विस्तृत जानकारी दिनेसमेत बताउनुभयो । रासस












प्रतिक्रिया