१४ कार्तिक २०८३, शनिबार

भक्तपुरमा खुकुरी प्रहारबाट अधिकारी गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attackभक्तपुर, ६ माघ । भक्तपुरको सूर्यविनायकमा १८ वर्षका एक युवालाई अपरिचित दुई जनाले खुकुरी प्रहार गरी आज गम्भीर घाइते बनाएका छन् ।

सूर्यविनायक गणेश मन्दिर जाने उकालोस्थित प्रगतिटोल जाने सडकमा अपरिचित दुई युवाले मोबाइल खोस्दा नदिए पछि खुकुरी प्रहार हुँदा प्रगतिटोल बस्ने वर्ष १८ का अनुप अधिकारी गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते अधिकारीको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि त्रिवि शीक्षण अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरीवृत्त जगातिका प्रहरी नायब उपरीक्षक मित्रबन्धु थापाले जानकारी दिनुभयो ।

घटना अनुसन्धान सुरु गरी खुकुरी हान्नेको खोजी आजैबाट सुरु भएको उहाँले बताउनुभयो । रासस