१४ कार्तिक २०८३, शनिबार

अनेमंघको कार्यबाहक अध्यक्षमा देवकोटा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goma-devkota-1000x0

काठमाडौँ, ६ माघ । अखिल नेपाल महिला सङ्घको कार्यबाहक अध्यक्षमा गोमा देवकोटालाई चयन हुनुभएको छ ।

सङ्घको मङ्गलबार बसेको स्थायी कमिटीको बैठकले उपाध्यक्ष देवकोटालाई सो जिम्मेवारी दिएको हो । सङ्घका तत्कालीन अध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति पदमा निर्वाचित भएपछि सो पद रिक्त थियो ।

विसं २०२८ मा तत्कालीन नेकपा (माले) बाट राजनीति सुरु गर्नुभएका देवकोटा पार्टीको इलाका कमिटी, जिल्ला कमिटी र केन्द्रीय सल्लाहकार हुँदै चौँथो राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष पदमा तीन कार्यकाल निर्वाचित हुनुभएको थियो ।

सहिद ऋषि देवकोटा ‘आजाद’ का धर्मपत्नी समेत रहनुभएका गोमा कार्यबाहक अध्यक्ष भएपछि महिला आन्दोलन तथा महिला सशक्तीकरणका विषयलाई प्रभावकारी ढङ्गले अघि बढाएर उनीहरुलाई राज्यको मूलधारमा ल्याउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले एक वर्षभित्र राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो । सो सङ्घ विसं २००८ मा स्थापना भएको थियो । यसको संस्थापक अध्यक्ष कामाक्षदेवी हुनुहुन्थ्यो । रासस