२८ आश्विन २०८३, बुधबार

प्रकाशद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash-K-Cकाठमाडौं, ३२ असार । प्रकाश केसीले तेश्रो ग्राँ.पी. सिनियर पुरुष/महिला तथा जुनियर पुरुष भारोत्तोलनमा मंगलबार दुई राष्ट्रिय कीर्तिमान बनाएका छन् । 

बाँकेका उनले जुनियर पुरुषको ५६ केजीतर्फ क्लिन एन्ड जर्कमा १ सय १० र कुलमा १ सय ९३ भार उचाल्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरे । स्न्याचतर्फ प्रकाशले ८३ केजी वजन उठाएका थिए ।

यसअिघ प्रकाशको नाममा क्लिन एन्ड जर्कमा १ सय ७ र कुलमा १ सय ९२ को कीर्तिमान थियो । उक्त कीर्तिमान उलने प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय भारोत्तोलनमा बनाएका थिए ।

चितवनका सन्जित कुमालले स्न्याचमा ५५ केजी र क्लिन एन्ड जर्कमा ७२ केजी गरी कुल १ सय २७ केजी भार वहन गर्दै दोश्रो भए । स्न्याचमा ५७ केजी र क्लिन एन्ड जर्कमा ७० केजी गरी जम्मा १ सय २७ केजीनै उठाएका काठमाडौंका मन्जित आचार्यले तेश्रो स्थानमा चित्त बुझाए ।

सन्जितको भन्दा उमेर बढी भएका कारण समान वजन उठाए पनि मन्जित तेश्रोमा सीमित भएका हुन् ।

नेपाल भारोत्तोलन संघको आयोजना तथा सेरीमोनी व्युटी पार्लरको सह–आयोजनामा सञ्चालित प्रतियोगितामा प्रकाशले सिनियरको ५६ केजीमै पनि स्वर्ण जिते । उनले स्न्याचमा ८३ केजी र क्लिन एन्ड जर्कमा १ सय १० केजी गरी कुल १ सय ९३ केजी भार उचाले ।

सप्तरीका मनोज यादव (स्न्याच ८० र क्लिन एन्ड जर्क ९५ गरी कुल १ सय ७५ केजी) दोश्रो तथा कैलालीका रविलाल चौधरी (स्न्याच ७० र क्लिन एन्ड जर्क ९० गरी कुल १ सय ६० केजी) तेश्रो भए ।

सिनियर पुरुषको ६२ केजीमा नेपाल प्रहरी क्लबका विकास थापाले स्वर्ण जिते । उनले स्न्याचमा १ सय ५ र क्लिन एन्ड जर्कमा १ सय २२ गरी कुल २ सय २७ केजी भार वहन गरे । प्रहरीकै लक्ष्मण रन्जित (स्न्याच ७७ र क्लिन एन्ड जर्क १ सय गरी कुल १ सय ७७ केजी) दोश्रो भए ।

नख्खुस्थित सहकारी कृषि बजारमा भइरहेको प्रतियोगिताको जुनियरतर्फ पुरुष ५२ केजीमा काठमाडौंका सन्तोष थपलिया शीर्ष स्थानमा रहे । उनले स्न्याचमा ५० र क्लिन एन्ड जर्कमा ६० गरी जम्मा १ सय १० केजी भार उचाले ।

सप्तरीका ऋषिकान्त यादवले स्न्याचमा ५५ र क्लिन एन्ड जर्कमा ५५ गरी कुल १ सय १० केजी वजन उठाए पनि दोश्रो हुन बाध्य भए । उनको उमेर सन्तोषको भन्दा बढी थियो ।

जुनियर पुरुषको ६२ केजीको स्न्याचमा ७० र क्लिन एन्ड जर्कमा ७५ गरी जम्मा १ सय ४५ केजी भार उचालेका बाँकेका ओमप्रकाश वैस्य पहिलो भए । 

धनुषाका सन्तोष यादव (स्न्याच ६३ र क्लिन एन्ड जर्क ७१ गरी कुल १ सय ३४ केजी) दोश्रो तथा भक्तपुरका शंकर विष्ट मगर (स्न्याच ६२ र क्लिन एन्ड जर्क ६८ गरी कुल १ सय ३० केजी) तेश्रो बने ।

प्रतियोगितामा ५३ पुरुष र १० महिला गरी ६३ खेलाडीले सिनियरमा १५ र जुनियरमा ९ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता बुधबारसम्म चल्नेछ ।