२८ आश्विन २०८३, बुधबार

कर्णाली विकासका लागि बजेट माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, ३१Karnali-river असार । कर्णाली स्वायत्त प्रदेश सङ्घर्ष समितिले कर्णाली विकास आयोगका लागि नीति कार्यक्रम र बजेट विनियोजनको माग गरेको छ ।

समितिले मंगलवार आयोजना गरेको कार्यक्रममा समितिका संयोजक एवम् पूर्वसभासद् नरेश भण्डारीले सो क्षेत्रमा भएको विभिन्न स्रोतसाधनको समुचित परिचालन गरी विकास गर्न आयोगलाई आवश्यक बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।

उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालको निर्माण तथा भौतिक पूर्वाधार विकासका लागि रु ९९ करोड रकम विनियोजनको माग गर्दै विगतमा कुल बजेटको २० प्रतिशत बजेट त्यस क्षेत्रका लागि विनियोजन गर्ने सहमति भए पनि अहिले सरकार उदासीन रहेकामा दुःख व्यक्त गर्नुभयो ।

स्थानीय समाजसेवी धनबहादुर बुढाले कर्णालीको गरिबी र पछौटेपनालाई न्यूनीकरण गर्न पर्यटकीय क्षेत्र रारा, शेफोक्सुन्डो, पचला झरना, चन्दननाथलगायत समग्र कर्णालीको पर्यटकीय विकासका लागि लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

कर्णाली विकास मञ्चका अध्यक्ष प्रकाश रोकायले कर्णालीका युवालाई रोजगार दिलाउने तथा हवाई र सडक सञ्जाल विस्तार गर्ने सम्बन्धमा अहिले सार्वजनिक गरिएको बजेट प्रस्ट छैन भन्नुभयो ।