नायिका सुमिना घिमिरेले विविध प्रक्रिया अपनाउँदा पनि अमेरिकाले भिषा दिन इन्कार गरेको छ ।
सुमिनाले नेपालीहरूले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुनका लागि अमेरिकी दूतावासमा भिषा आबेदन गरेकी थिइन् । तर, नेपाली कलाकारमाथि कडा बनेको अमेरिकन राजदूतावासले सुमिनालार्इ पनि भिषा नदिएको हो । यसअघि पनि थुप्रै नेपाली कलाकारहरु कालो सूचीमा परिसकेका छन ।
अमेरिकी दूतावासमार्फत टुरिष्ट भिषा लिएर अमेरिका पुगेका सयौँ नेपाली कलाकारमध्ये कमैमात्र नेपाल फर्किएका छन् ।
यता चलचित्र कलाकार संघले सुमिनालाई भिसा दिनको लागि सिफारिस गरेतापनि यसअघि बिभिन्न कार्यक्रमका लागी जाने तर नफर्कने परिपाटीले गर्दा नै अमेरिकी दूतावासले सुमिनालाइ भिषा दिन अस्वीकार गरेको हो ।














प्रतिक्रिया