२३ कार्तिक २०८३, सोमबार

संविधान संशोधनको विचार गरियोस् भन्ने प्रस्ताव पारित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २० पुस । मधेसी मोर्चा र थारु सांसदहरूको अबरोधका बीच संसदमा पेश भएको धेरै दिनपछि नेपालको पहिलो संशोधन बिधेयक संशोधन प्रक्रिया अगाडि बढेको छ ।

संसदको आज बसेको बैठकले संविधान संशोधन बिधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । सो प्रस्ताव पारित भएपछि अब सभासदहरूलाई संशोधन राख्न ७२ घण्टाको समय उपलब्ध हुनेछ ।

संविधान संशोधनको प्रस्ताव उपर केही मधेस केन्द्रित दलहरूले बिरोध गरेका कारण उनीहरूसंग परामर्श गरेर संशोधन राख्ने तयारी पनि भएको छ । प्रमुख तीन दल र मधेश केन्द्रित दलबीच संविधान संशोधनको भाषा मिलाउनका लागि कार्यदलले गृहकार्य गर्ने कुरा भैसकेको छ ।

संविधान संशोधन बिधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव उपर ५८ जना सभासदहरूले बोल्ने क्रम सकिएपछि सोमबार कानुनन्याय तथा संसदीय व्यबस्थामन्त्री अग्निप्रसाद खरेलले जवाफ दिएका थिए । मन्त्री खरेलले संविधान संशोधनलाई समृद्ध बनाउन सभासदहरूले दिएका सुझाब महत्वपूर्ण रहेको बताउनुभयो ।

‘कसैको दबाबमा होइन आवश्क्ताका आधारमा संशोधन प्रस्ताव राखिएको छ’, उहाँले भन्नुभयो ।

संसद बैठकमा अर्थ राज्यमन्त्री दामोदर भण्डारीले बैकिङ कसुर तथा सजाय (पहिलो सशोधन)२०७१, बैक तथा बित्तीय संस्थासबन्धी बिधेयक ०७२ लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस भनी राखेको प्रस्ताब पनि पारित भएको छ ।

कानुनमन्त्री अग्नि खरेलले शिक्षा (आठौँ संशोधन ) बिधेयक ०७२ लाई पनि दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस भनी राखेको प्रस्ताबलाई बैठकले पारित गरेको छ ।

कानुनमन्त्री खरेलले नै महिला बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको प्रतिबेदन सहितको खोप बिधेयक ०७१ माथि पारित गरियोस भनी राखेको प्रस्ताब पनि बैठकले पारित गरेको छ ।

बैठकले कार्यव्यबस्था समितिमा अग्नि सापकोटा र रेखा शर्माको सटा धनीराम पौडेल र सीता नेपाली रहने गरी स्वीकृत गरेको छ ।