२३ कार्तिक २०८३, सोमबार

राजधानीमा हतियारसहित दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pistol-hatiyarकाठमाडौं, २० पुस । प्रहरीले राजधानीमा दुई जनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।

सामाखुशी बस्ने रसुवा सैलुङ–३ घर भएका २५ बर्षीय कुमार थापा लामिछाने र काठमाडौँ नेपालटार बस्ने सिन्धुपाल्चोक ठुलोपाखर– घर भएका १७ बर्षीय युवराज लामालाई प्रहरीले १ थान पेस्तोलसहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग गंगवुबाट खटिएको प्रहरी टोलीले आइतबार राति नयाँबसपार्क नजिक पुलमा बा.१ ज ४४३४ नम्बरको ट्याक्सी शंका लागी चेकजाँच गर्दा ट्याक्सीमा उनीहरुको साथबाट उक्त पेस्तोल बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।