काठमाडौं, २० पुस । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल पाँच दिने भारत भ्रमणका लागि आज बिहान त्यसतर्फ प्रस्थान गर्नु भएको छ ।
उपसभापति पौडेल पतञ्जलि योगपीठको कार्यक्रममा सहभागी हुन भारत जानु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।
सो क्रममा उपसभापति पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, प्रमुख सुरक्षा सल्लाहकारलगायतसँग उच्च भेटवार्ता गर्नुहुने बताइएको छ ।
उपसभापति पौडेल आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । पौडेल आज बिहान नौ बजेको उडानबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।












प्रतिक्रिया