२८ आश्विन २०८३, बुधबार

ब्राजिलको नमिठो लज्जास्पद हार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Daley Blind has been involved in four goals in
ब्रासिलिया, २९ असार । विश्पकप फुटवलमा तेस्रो स्थानका लागि भएको खेलमा पनि आयोजक ब्राजिलले लज्जास्पद हारको सामना गर्नु परेको छ ।

सेमिफाइनलमा जर्मनीसँग इतिहासकै सबैभन्दा खराब ७–१ ले हारेको ब्राजिल आज विहान भएको खेलमा पनि नेदरल्यान्डससँग ३–० ले पराजित भएको छ ।

ब्राजिलले पछिल्ला दुई खेलमा १० गोल बेहोरेका छ । ब्राजिल घरेलु मैदानमा सन् १९४० यता पहिलोपल्ट लगातार दुई खेल हारेको छ । उसले सेमिफाइनलमा जर्मनीसँग बेहोरेको हार घरेलु मैदानमा ३९ वर्षपछिको असफलता हो ।

एक खेलको प्रतिबन्धपछि मैदानमा फर्केका कप्तान थियागो सिल्भाले आर्जेन रोबेनलाई पेनाल्टी क्षेत्रनजिक तानेर लडाएपछि रेफ्रि अल्जेरियन रेफ्रि डिजामेल हाइमोउडीले नेदरल्यान्ड्सलाई पेनाल्टी प्रहार गर्ने अवसर दिएका थिए । त्यसमा लसकिट प्रहार गर्दै कप्तान रोबिन भान पर्सीले तेस्रो मिनेटमै नेदरल्यान्ड्सलाई १–० को अग्रता दिलाए । उनले गरेको गोल ब्राजिलले विश्वकपमा बेहोरेको १ सयौं गोल हो ।

नेदरल्यान्ड्सका सर्बाधिक गोलकर्ता भान पर्सीले अन्तर्राष्ट्रिय फुटबलमा ४७ औं गोल गरेका हुन् । यो विश्वकपमा उनको व्यक्तिगत चौथो गोल हो । रोबेनलाई गरेको फलमा सिल्भा रातो कार्डको हकदार थिए । तर, उनलाई रेफ्रिले पहेलो कार्ड मात्र दिए ।

डाली ब्लिन्डले १५ यार्डबाट बललाई पोष्टको दिशा दिएपछि नेदरल्यान्ड्स २–० ले अगाडि बढ्यो । उनको ब्राजिलियन डिफेन्डर डेविड लुईजको गम्भीर गल्तीमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।

नेदरल्यान्सले तेस्रो गोल सब्स्टिच्युट जर्जिनियो विज्नाल्डमको नाममा रह्यो । उनले डारेल जानमाटको क्रसमा इन्ज्युरी टाइममा गोल गरेपछि नेदरल्यान्डस ३–० ले विजयी भयो ।

ब्राजिली टिममा प्रशिक्षक लुईस फेलिप स्कोलरीले ६ खेलाडी परिवर्तन गर्दै नेदरल्यान्ड्सविरुद्ध तेस्रो स्थानको प्रतिस्पर्धामा उतारेका थिए ।

विश्वकप फुटबलको फाइनलमा जर्मनी र अर्जेन्टिना नेपाली समय अनुसार आज राति १२ः४५ बजे खेल्दैछन् ।