
काठमाडौं, १९ पुस । त्रिपक्षीय वार्ताका लागि आन्दोलनरत मधेसी मोर्चाका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
अहिले केही बेरमा प्रमुख तीन दल र मधेसी मोर्चाबीच निर्णायक वार्ता हुँदैछ । उक्त वार्तामा सहभागी हुन मोर्चा नेताहरु बालुवाटार गएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको वार्ताका लागि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव लगायत दोस्रो तहका नेताहरु बालुवाटार पुगेका छन् ।
निर्णायक भनिएको आजको वार्तालाई राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले बहिष्कार गरेको छ । सदभावनाका महासचिव मनीष सूमनले सरकारले अध्यक्ष महतोमाथि भएको आक्रमण घटनामा माफी नमागेसम्म वार्ता नजाने बताए ।
यसअघि प्रमुख तीन दलको बैठक बालुवाटार बसेको थियो ।












प्रतिक्रिया