
काठमाडौं, १९ पुस । इनार खन्न गएका दुई जनाको आईतबार राजधानीमा मृत्यु भएको छ ।
महानगरीय प्रहरी बृत महाराजगन्जका अनुसार काठमाडौंको गल्फुटारस्थित न्यूरो अस्पताल नजिकैको एक घरमा इनार खन्दै गर्दा ३५ वर्षीय ठेकेदार हरि मगर र उनका सहयोगी २५ वर्षीय जयराम चौधरीको मृत्यु भएको हो ।
घटनास्थलमा अहिले प्रहरी र काठमाडौं जुद्ध वारुण यन्त्र कार्यालयले उद्धारको काम गरिरहेका छन् । महानगरीय प्रहरी बृत महाराजगन्जका डीएसपी विश्वमणी पोखरेलले मृतक ठेकेदार मगरको शव इनारबाट बाहिर निकालिएको बताए । अर्का उनका सहयोगी चौधरीको शव निकाल्न प्रयास भइरहेको छ ।
सुमन पौडेलको घरमा इनार खन्ने क्रममा ६० फिट गहिरो खाल्डोमा खसेर उनीहरुको मृत्यु भएको डीएसपी पोखरेलले जानकारी दिए ।












प्रतिक्रिया