२३ कार्तिक २०८३, सोमबार

बालुवाटारमा तीन दलको बैठक जारी, मधेसी मोर्चासँग छ बजे वार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baluwatar ma 3 dal ko meetingकाठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी ओलीले बोलाउनु भएको प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, मधेसी मोर्चासँगको वार्ता र संविधान संशोधन विधेयकका विषयमा छलफल भइरहेको कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो ।

बैठकमा तीन दलका शीर्ष नेताहरूका साथै दोस्रो तहका नेताहरूको पनि सहभागिता रहेको छ ।

तीन दलको बैठक सक्किएपछि छ बजेपछि मधेसी मोर्चाका नेताहरूसँग वार्ता हुनेछ । वार्ताका लागि मधेसी मोर्चाका नेताहरूलाई बालुवाटार बोलाइएको छ ।

आजको वार्तामा मधेसी मोर्चाको घटक सद्भावना पार्टी नआउने संकेत गरेको छ । यद्यपि उसलाई पनि वार्तामा ल्याउन पहल भइरहेको स्रोतले जनाएको छ ।