२३ कार्तिक २०८३, सोमबार

सद्भावनासँग अलग्गै वार्ता हुँदैन्ः प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda

विराटनगर, १९ पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संसद्मा पेस भएको संविधान संशोधनको विधेयक पारित भएपछि मुलुकको अवस्था सहज हुने विश्वास प्रकट गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज मध्याह्न पत्रकारसँगको कुराकानीमा उहाँले मधेसी मोर्चाको विरोध भए पनि संसद्बाट सो विधेयक प्रस्तुत भएर छलफल हुने र मोर्चासँग वार्ता पनि जारी रहने बताउनुभयो ।

उहाँले नेपाली काँग्रेस, नेकपा(एमाले) र एकीकृत नेकपा(माओवादी) बीचको बैठकले आज अपराह्न मोर्चाको कार्यसूची सहमति जुटाउने र त्यसका निष्कर्षका आधारमा मोर्चासँग वार्ता गरेर समस्याको समाधान गरिने जानकारी गराउनुभयो ।

मधेसी मोर्चाबाट सद्भावना पार्टी अलग भएको अवस्थामा कोसँग वार्ता हुने सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले मोर्चासँगै वार्ता हुने र सद्भावना पार्टीसँग छुट्टै वार्ता नहुने बताउनुभयो । उहाँले सदभावनाका अध्यक्ष राजेन्द्र महतोमाथि आक्रमण हुनु दुःखद भएपनि त्यसैका लागि सरकारले माफी नमाग्ने स्पष्ट पार्नुभयो । रासस