काठमाडौं, १९ पुस । मुलुकलाई राजनीतिक निकास दिने विषयमा छलफल गर्न प्रमुख चार राजनीतिक शक्तिको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका प्रधानमन्त्री केपी ओलीसहित मधेसी मोर्चा, कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको बैठक बस्ने भएको हो । बैठकमा नाकाबन्दी, मधेसको आन्दोलन र संविधान संशोधनका विषयमा छलफल केन्द्रित रहनेछ ।
प्रमुख चार राजनीतिक शक्तिको बैठक बस्नुअघि चार बजे बालुवाटारमा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको बैठक बस्नेछ । बैठक प्रधानमन्त्री ओलीले बोलाउनु भएको हो ।
त्यसै गरी तीन पार्टीको बैठकपछि मधेसी मोर्चासहित कांग्रेस, एमाले र एमाओवादीका नेताहरूको बैठक बस्ने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।
प्रमुख दलहरूका बीच औपचारिक वार्ता हुन नसकी रहेका बेला प्रमुख चार राजनीतिक शक्तिको बैठक बस्न लागेको हो ।












प्रतिक्रिया