काठमाडौं, १९ पुस । संसदको बैठक सुरू हुनेवित्तिकै मधेसी मोर्चाका सांसदहरूले सदाझै रोष्टम घेराउ गर्नुका साथै नारावाजी गरेका छन् ।
निर्धारित समयभन्दा एक घण्टा ढिला गरेर सुरू भएको संसद बैठकमा मधेसी मोर्चा र थारु सांसदहरूले नारावाजीका साथै घेराउ गरेका हुन् । उनीहरूको घेराउ र नारावाजी भएपनि संसदको बैठक चलिरहेको छ ।
बैठक सुरू गर्दै सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रको व्यहोरोरा पढेर सुनाउनु भएको थियो ।
त्यसै गरी सदनमा महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले ‘खोप विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७२ पेश गर्नुभएको छ ।












प्रतिक्रिया