
काठमाडौं, १९ पुस । रुपन्देही जिल्लाको देबदहमा यात्रु बाहक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् ।
नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ६८४८ नम्बरको बस शनिबार राति ९ बजे पल्टिँदा पाँच जनाको घटना स्थलमा मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । गम्भीर घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा बर्दिया ताराताल– ९ घर भएका २२ वर्षीया तारा शर्मा, कञ्चनपुरको महेन्द्रनगरका २२ वर्षीय प्रकाश शाही, बारा जिल्लाका २० वर्षीय चुरक साह, रुपन्देहीका ३५ वर्षीय शान्ति दर्जी र ३५ वर्षीय जमुना बिक रहेका छन् । मृत्ताक एक जनाको सनाखत हुन सकेको छैन ।
बस दुर्घटनामा घाइते भएका मध्ये पाँच जनाको अवस्था गम्भर रहेको छ । उनीहरूलाई थप उपचारका लागि चितवन लगिएको छ ।












प्रतिक्रिया