२३ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीले खुवाए एमालेका छ जनालाई राज्यमन्त्रीको सपथ, कस्लाई के जिम्मेवारी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

5 /fHodGqL–zky k|wfgdGqL s]kL zdf{ cf]nLaf6 z'qmaf/ l;+xb/af/df gjlgo'Qm 5 /fHodGqLx?nfO{ zky v'jfpFb} . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले छ राज्यमन्त्रीको कार्यभार तोक्नाका साथै उहाँहरुलाई शपथ खुवाउनुभएको छ ।

यही पुस ९ गते नियुक्त हुनुभएका राज्यमन्त्री दिनेशचन्द्र यादव, दामोदर भण्डारी, बलबहादुर महत, नरदेवी पुन मगर, मञ्जुकुमारी चौधरी र दीपनारायण साहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा शपथ खुवाइएको हो । उहाँहरु सबै नेकपा (एमाले) बाट प्रतिनिधित्व गर्नुहुन्छ । यादवलाई खानेपानी तथा सरसफाइ, भण्डारीलाई अर्थ, महतलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मगरलाई पशु विकास, चौधरीलाई सहरी विकास र साहलाई शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

पटक पटक भएको विस्तारपछि मन्त्रिमण्डल ४० सदस्यीय बन्न पुगेको छ, जसमा उपप्रधानमन्त्री छ, मन्त्री २१, राज्यमन्त्री १० र सहायकमन्त्री दुई छन् । रासस