२३ कार्तिक २०८३, सोमबार

‘यौनकाण्डमा मुछिएका’ एमाओवादीका पोलिटव्यूरो सदस्यले प्रचण्डलाई छाडे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hemantaprakash Oliकाठमाडौं, १७ पुस । एमाओवादीका पोलिट्व्यूरो सदस्य हेमन्तप्रकाश ओलीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर नेता ओलीले नवधनाढ्याको बहुमत भएकाले एमाओवादीमा इमान्दार नेता कार्यकर्ता बस्नुको अर्थ नभएको भन्दै पार्टी परित्याग गरेको बताउनुभएको हो ।

ओलीलाई यौनकाण्ड लागेपछि विवादमा आउनु भएको थियो । उहाँका विषयमा केन्द्रीय कार्यसमतिमा समेत कुरा उठेको थियो । आफूभन्दा निकै कम उमेरकी युवतीलाई कान्छी बनाएपछि ओलीको चर्को आलोचना भएको थियो ।

‘एमाओवादी नेतृत्व नवधनाढ्या वर्गमा परिणत भइसकेको छ, अब त्यहाँ बसेर देश, जनता र समाजको लागि सेवा गर्ने नसक्ने भएकाले मैले आजको मितिबाट स्वतन्त्र भएको घोषणा गरेको छु’, नेता ओलीले भन्नुभयो ।

प्रचण्डको पछिल्लो राजनीतिक दस्तावेजपछि एमाओवादीसँग आफ्नो मोह भंग भएको बताउँदै नता ओलीले अगाडि भन्नुभयो, ‘प्रचण्डजीको पछिल्लो राजनीतिक दस्तावेजपछि अब पक्का भएको छ कि प्रचण्ड जी काल्पनिक समाजवादी हुन् ।’

यो संविधानको कार्यन्वयन गरेर समाजवाद ल्याउने प्रचण्डका कुरा कल्पनिक भएको उहाँले बताउनुभयो । आफूलाई पार्टीभित्र कुरा राख्ने मौका नै दिएको नेता ओलीले पत्रकार सम्मेलनमा बताउनुभयो ।

उहाँले जनयुद्धले विकास गरेको विचारलाई प्रचण्डले आफ्नो पैत्रिक सम्पति जस्तै विचारलाई एकपछि अर्को गरी छोड्दै गएकाले माओवादी विघटनतिर गएको बताउनुभयो । ‘प्रचण्डपथ, प्रचण्डका बाउको हो र ? नारायणकाजीसँग बसेर खुसुक्कै छोड्ने’, ओलीले पत्रकार सम्मेलनमा भन्नुभयो ।

एमाओवादीमा भ्रष्ट नेताहरुको आफूले पोल खोल्ने बताउँदै उहाँले बोगटी र शेरचन आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बताउनुभयो ।

ओलीले वैद्या र विप्लवले अगाडि सारेका कार्यदिशाको अध्ययन गरेर निर्णयमा पुग्ने बताउनुभएको छ ।