२३ कार्तिक २०८३, सोमबार

राजेन्द्र महतोलाई किन लगियो दिल्ली ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra Mahato 1

काठमाडौं, १७ पुस । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई थप उपचारका लागि दिल्ली लगिएको छ ।

मधेसमा आन्दोलनको नेतृत्व गरिरहेका महतो गत शनिबार विराटनगरस्थित जोगवनी नाकामा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा घाइते भएका थिए ।

एक हप्तादेखि उपचाररत महतोको स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार अपराहृन इण्डियन एयरलाइन्सको विमानबाट दिल्ली लगिएको सदभावनाका महासचिव मनिष सुमनले जानकारी दिनुभयो ।

महतोलाई शुक्रबार नै माउन्टेन एयरको हेलिकोप्टरबाट धरानबाट काठमाडौं ल्याइएको थियो । दिल्ली लगिएका महतोको मेदान्त अपस्तालमा उपचार हुनेछ ।

चिकित्सकहरुका अनुसार उनको टोउका, हात र खुट्टामा चोट लागेको छ । यो चोट समान्य छ । तर, उनको रक्तचाप लगायतका पुरानो रोगले च्यापेको छ । जसका कारण दिल्ली लगिएको हो ।