२८ आश्विन २०८३, बुधबार

‘सत्ताधारी पूरानै ढर्राबाट अगाडि बढ्काले समस्या’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan Baidhyaकाठमाडौ, १८ वैशाख । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सत्ताधारी पार्टीहरु मुखले सबै पक्षसँग मिलेर जाने भनेपनि पूरानै ढर्राबाट एकल ढंगले अगाडी बढेको बताएका छन् । उनले सत्तारुढ दलहरुका कारण राजनीतिक समस्या झन् गहिरिँदै गएको बताए ।

 

काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा अध्यक्ष वैद्यले संविधानसभावाट जनताको पक्षमा संविधान नबन्ने बताए । उनले नयाँ संविधानका लागि गोलमेच सभाबाट राजनीतिक निकास खोजिनुपर्ने बताए ।

 

‘सरकार भित्र र वाहिरका पार्टीहरुले जनताको भावना विरुद्धमा गए त्यसको प्रतिरोध हुने र त्यसको नेतृत्व हाम्रो पार्टीले गर्छ’ वैद्यले भने ।

 

मजदूर दिवसका सन्दर्भमा बोल्दै वैद्यले अहिले श्रमजिवी मजदूर वर्गले अहिलेसम्म गरेको आन्दोलनलाई नेताहरुले सम्झौतामा टुङ्ग्याउँदै धोका दिएकाले चाहे अनुसारको परिवर्तन हुन नसकेको बताए । सम्पूर्ण श्रमजीवी वर्गलाई नयाँ क्रान्तिका लागि गोलबद्ध हुन उनले आग्रह गरे ।

 

‘अहिलेसम्मका आन्दोलनको नेतृत्व गर्ने नेताले आफूलाई महान् ठानेकाले धोका भएको छ’ उनले भने । राजनीतिक नेतृत्वले गर्नुपर्ने राजनीतिक, दर्शन, समालोचनाको काम साहित्य क्षेत्रले गरेको भन्दै वैद्यले खुशी व्यक्त गरे ।