२३ कार्तिक २०८३, सोमबार

नेपाली टोपी लगाउँदै नयाँ वर्षको स्वागत गरिने, पुस १७ गते नेपाली पोसाक दिवस मनाइँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Topi-diwasकाठमाडौँ, १६ पुस । नेपाली कला, संस्कृति, भाषा र वेशभूषा लोप हुन लागेको भन्दै श्रद्धावान् नेपाल नामक संस्थाले नेपाली पोसाक दिवस–२०७२ पुस १७ गते आयोजना गर्ने भएको छ ।

संस्थाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी विगत तीन वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षका दिन नेपाली पोसाक दिवस मनाउँदै आएको जानकारी दिएको छ ।

संस्थाका अध्यक्ष स्वामी राजानन्दले विदेशी संस्कृति र भाषाको बढ्दो प्रयोगसँगै नेपाली पहिचान गुम्दै गएकाले नेपाली वेशभूषा र संस्कृतिको जगेर्नाका लागि संस्थाले अङ्ग्रेजी नयाँ वर्षका दिन नेपाली पोसाक दिवसका रुपमा मनाउन लागेको बताउनुभयो ।

नेपालमा बहुजाति, बहुभाषी, बहुसंस्कृति र आफ्नै छुट्टै मौलिकता रहेकाले सबै जातजाति र भाषाभाषीका मानिस मिलेर आ–आफ्नो मौलिकपन र राष्ट्रियताको जगेर्नाका लागि सबै क्षेत्रका मानिसले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पुस १७ गते शुक्रबार विभिन्न झाँकीका साथ भृकुटीमण्डपमा उक्त दिवस मनाइने बताइएको छ । रासस