२८ आश्विन २०८३, बुधबार

एमाओवादीको राष्ट्रिय सम्मेलन विराटनगरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DSC01908
काठमाडौं, १८ वैशाख । एमाओवादीको राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा सुरु भएको छ । विराटनगरको सहिद रंगशालामा आज (बिहीबार) दिउँसो अध्यक्ष पुष्पकमल दाहालले सम्मेलनको उदघाटन गरका हुन् ।
वीरेन्द्र सभागृहमा आजै देखि बन्द सत्र सुरु हुने छ । बन्द सत्रमा पार्टी दाहालले माओवादीसँग एकता गर्न, पार्टीलाई बलियो बनाउने संविधानसभा र संसदमा अपनाउने रणनीतिलगायत विषय समेटिएको प्रतिवेदन पेश गर्ने छन् ।

हेटौँडा महाधिवेशनको कार्यदिशालाई केही परिमार्जन गरी नयाँ कार्यदिशा दिएर पार्टीलाई थप सुदृढ बनाउने बताइएको छ । यद्धपि अध्यक्ष दाहालको प्रतिवेदनप्रति असहमति जनाउँदै नेता बाबुराम भट्टराईले पनि छुट्टै प्रतिवेदन पेश गर्न तयारी गरेका छन् ।

सहमतिबाट नयाँ नेतृत्वको चयनमा प्रयास गर्ने र त्यसो नभए निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्वको चयन गर्ने एमाओवादीले जनाएको छ ।
सम्मेलनमा देशभरिका करिब एकहजार एकसय प्रतिनिधि सहभागी छन् । पाँच दिनसम्म चल्ने सम्मेलनका लागि प्रतिनिधि र पर्यवेक्षकहरू आउने क्रम अझै जारी छ ।

यसैबीच, एमाओवादी अध्यक्ष दाहालले संविधानसभा निर्वाचनअघि सभासद् र मन्त्री बन्ने लालचले धेरै पार्टीमा भित्रिएको बताए । उनले पार्टी छाड्ने लहर चल्न सक्ने समेत बताए ।

दाहालले एमाओवादीको संगठन ज्यादै भद्दा भएकाले अधिवेशनले चुस्त नेतृत्व बनाउने बताए । काम गर्ने गरेर संगठन निर्माण गर्नुपर्ने उनले उल्लेख गरे ।