२८ आश्विन २०८३, बुधबार

मनोरञ्जन र यात्राका लागि नेपाल आउने पर्यटक ५४ दशमलव ९ प्रतिशत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

patan-d-s

काठमाडौ, २७ असार । नेपाललाई पर्यटन गन्तव्य बनाएर आउने पर्यटकहरु मनोरञ्जन, यात्रा तथा भ्रमणलाई मूख्य उद्देश्य बनाएर आउने गरेको तथ्य सार्वजनिक भएको छ ।

अर्थमन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । अर्थमन्त्रालयको तथ्याङ्क अनुसार २०६९ पुसदेखि २०७० पुससम्मको अवधिमा नेपाल आएका ७ लाख ९७ हजार ७ सय ५९ पर्यटकमध्ये ५४.९ प्रतिशत पर्यटकको उद्देश्य मनोरञ्जन तथा भ्रमण गर्नु रहेको देखिएको छ ।

उक्त अवधीमा आएका १२.२ प्रतिशत पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि, ५.१ प्रतिशत तीर्थयात्राका लागि आएको देखिएको छ । प्रशासकीयकामका लागि आउनेको संख्या ५ प्रतिशत, व्यापारको शिलशिलामा ३.८ प्रतिशत, सभा तथा सम्मेलनका लागि २ प्रतिशत, साहासिक जलयात्राका लागि ०.२ प्रतिशत र अन्य उद्देश्यले १४.८ प्रतिशत नेपाल भित्रिएको देखिएको छ ।