२८ आश्विन २०८३, बुधबार

तेस्रो स्थान सुरक्षित गर्ने ध्यानमा ब्राजिल र नेदरल्याण्ड्स

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

world-cup-final5

काठमाडौँ, २७ असार । ब्राजिलमा जारी विश्वकप फुटबलमा शनिबार राती आयोजक ब्राजिल र नेदरल्याण्ड्सले तेस्रो स्थानको लागि प्लेअफ खेल्ने भएका छन् । त्यसैगरी आइतबार राती जर्मनी र अर्जेन्टिनाबीच फाइनल खेल हुने छ ।

प्रतियोगिताको मुख्य दावेदार मानिएको ब्राजिलले आफ्नै भूमिमा तेस्रो स्थानको लागि नेदरल्याण्ड्ससँग प्लेअफ खेल्दैछ । ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग ७–१ को हार ब्यहोरेको थियो ।

जारी विश्वकपमा स्पेन, चिली, मेक्सिको जस्ता टिमहरुलाई हराएको नेदरल्याण्ड्ससँगको प्रतिस्पर्धा ब्राजिलका लागि कठिन हुने अनुमान छ ।

‘राउण्ड अफ सिक्सटिन’मा चिलीलाई पेनाल्टी सुटआउटमा हराएको ब्राजिल क्वार्टरफाइनलमा कोलम्बियालाई हराउँदै सेमिफाइनलमा पुगेको थियो । यसअघि समूह चरणमा ब्राजिलले क्रोएसिया र क्यामरुनलाई हराएको थियो भने मेक्सिकोसँग बराबरी खेलेको थियो ।

समूह चरणमा स्पेन, चिली र अष्ट्रेलियालाई हराएको नेदरल्याण्ड्सले ‘राउण्ड अफ सिक्सटिन’मा मेक्सिको तथा क्वार्टरफाइनलमा कोष्टारिकालाई हराएको थियो ।