दार्चुला, १८ वैशाख । दार्चुलाका उच्च हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि बाहिरी जिल्ला धादिङलगायतका जिल्लाबाट सयौँको सङ्ख्यामा मानिसहरु दार्चुला आइपुगेका छन् ।
यार्सा सङ्कलनका लागि स्थानीय वनहरु खुला नगरिँदै ठूलो सङ्ख्यामा बाहिरी जिल्लाबाट मानिसहरु दार्चुला आउने क्रम बढेको हो ।
धादिङबाट दार्चुला आइपुगेको टोलीमा बालबालिकासमेत रहेका छन् । आगामी जेठ १० गतेदेखि यार्सा सङ्कलनका लागि खुला गरिने जनाइएको छ ।
गएको वर्ष जिल्ला बाहिरका मानिसलाई यार्सा सङ्कलनमा प्रतिबन्ध लगाइए पनि यो वर्ष के गर्ने भन्ने निर्णय भइसकेको छैन ।
यार्सागुम्बा पाइने गाविसहरु अपिनाम्पा संरक्षण क्षेत्रभित्र पर्ने भएकाले संरक्षण क्षेत्र कार्यालयबाट सङ्कलन पुर्जी लिर्नुपर्ने हुन्छ । संरक्षण अधिकृत अशोक रामले वैशाख अन्तिम सातादेखि सङ्कलन पुर्जी वितरण गरिने बताए ।













प्रतिक्रिया