२८ आश्विन २०८३, बुधबार

आर्थिक वर्ष २०६९–०७० मा चार ओटा सार्वजनिक संस्था नाफामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

finance-1

काठमाडौँ, २६ असार । आर्थिक वर्ष २०६९–०७० सरकारी स्वामित्वमा रहेका ३७ वटा सार्वजनिक संस्थानहरुमध्ये २० वटा संस्थानहरु नाफामा गएका छन् ।

अघिल्लो वर्ष १६ वटा संस्थानले मात्र नाफा कमाउन सफल भएका थिए भने यो बर्ष थप ४ वटा सरकारी संस्थानले नाफा कमाउन थालेका हुन् ।अघिल्लो बर्ष २१ वटा संस्थान घाटामा रहेका थिए । अर्थमन्त्रालयले बिहीबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक समिक्षामा यस्तो देखिएको हो ।

आर्थिक वर्ष २०६९–७० मा औद्योगिकतर्फ ७ वटा उद्योगहरुमध्ये ५ वटा उद्योगहरु नोक्सानीमा गएका भने एउटा उद्योगमात्र दुग्ध विकास संस्थान नाफामा गएको छ ।

त्यसैगरि, व्यापारिक क्षेत्रतर्फ ६ वटा संस्थानमध्ये ३ वटा संस्थानले नाफा कमाउन सफल भएका छन भने ३ वटा संस्थान घाटामा गएका छन् । नाफा कमाउनेहरुमा कृषि समाग्री केन्द्र, राष्ट्रिय विउ विजन कम्पनी, दि–टिम्बर कर्पोरेशन अफ नेपाल छन् ।

सेवा क्षेत्रतर्फ ७ संस्थानमध्ये ४ वटा संस्थान नाफामा गएका छन समाजिक क्षेत्रतर्फका ५ वटा संस्थानमध्ये ४ वटा संस्थान घाटामा रहेका छन ।
जनोपयोगी क्षेत्रतर्फका ३ वटा संस्थानमध्ये २ घाटामा रहेका छन छन् ।