इस्लामावाद, २६ असार । पाकिस्तानको उत्तरपश्चिम आदिवासी क्षेत्र उत्तर वजिरिस्तानमा बिहीबार बिहान अमेरिकाद्वारा गरिएको चालकरहित विमान (ड्रोन) आक्रमणबाट कम्तीमा छ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
उत्तरी वजिरिस्तानको दत्ताखेल क्षेत्रमा रहेको एक घर र सवारीसाधनलाई लक्ष्यगरी सो ड्रोन आक्रमण गरिएको डाउन समाचारले जानकारी दिएको छ ।
वाजिरिस्तान, पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा पर्दछ । ड्रोन आक्रमणबाट मारिने व्यक्तिहरूको विस्तृत विवरण भने तत्काल नखुलेको जनाइएको छ ।
उत्तरी वजिरिस्तानमा पाकिस्तानी सैनिकले आतङ्ककारी विरुद्ध भिषण आक्रमण जारी नै राखेको यस अवस्थामा बिहीबार बिहान अमेरिकाारा ड्रोन आक्रमण भएको बताइएको छ । रासस/सिन्ह्वा














प्रतिक्रिया