२८ आश्विन २०८३, बुधबार

पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन पर्यटन बोर्ड र महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paratyan

काठमाडौँ, २५ असार । नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सहयोग आदानप्रदान गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासङ्घबीच सहकार्य हुने भएको छ ।

राजधानीमा बुधवार आयोजित एक कार्यक्रममा पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौला र महासङ्घका अध्यक्ष अमृत भुजेलले एक समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

पाँचवर्षे समझदारीअनुरुप पर्यटन प्रवद्र्धनका लागि व्यवसायीको व्यवस्थापकीय क्षमता अभिबृद्धिका लागि विभिन्न तालिम, अभिमुखिकरण, बजारिकरण, प्रवद्र्धनलगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।

त्यस्तै नेपाल पर्यटन बोर्डले स्थानीय तहमा गर्ने अन्य किसिमका पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रमहरुमा होटल व्यवसायी महासङ्घले सहयोग र समन्वय गर्ने पर्यटकलाई बढी सेवा र सुविधा दिने बारेमा समन्वय गर्ने,अन्र्तराष्ट्रियक्षेत्र र आन्तरिक रुपमा पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार,पर्यटन मेलाको संयुक्तरुपमा आयोजना गर्न दश बुँदे समझदारी गरिएको छ ।

सो अवसरमा संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका निमित्त सचिव रञ्जनकृष्ण अर्यालले ठूलो दायरा भएको होटल व्यवसायी महासङ्घको सहकार्यले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यसले होटल व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी ढङ्गले अघि बढाउन मद्दत पुग्ने बताउनुभयो ।

पर्यटन बोर्डका प्रमुख निरौलाले बोर्ड पर्यटन व्यवसायीको साझा संस्था भएकाले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने क्रममा जोखिमूर्ण लगानी रहेको होटल व्यवसायलाई प्रोत्साहन गरी पर्यटन प्रवद्र्धन गर्ने धेयकासाथ महासङ्घसँग साझेदारी भएको बताउनुभयो ।

होटल व्यवसायी महासङ्घका अध्यक्ष भुजेलले दुई संस्थाबीचको समझदारी अनुरुप राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटन प्रवद्र्धनमा बोर्डले गर्ने कार्यमा महासङ्घले मूख्य साझेदारीको रुपमा काम गर्ने र यसले नेपालको पर्यटन विकास तथा प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल होटल व्यवसायी सङ्घका अध्यक्ष शेरबहादुर थापा, राष्ट्रिय पर्यटन व्यवसायी सङ्घका महासचिव दामोदर घिमिरेलगायतले आन्तरिक पूर्वाधार मजबुद नभएसम्म पर्यटन प्रवद्र्धनमा समस्या हुने भएकाले व्यवसायीहरु एकताबद्ध र जिम्मेवारीका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।