१३ कार्तिक २०८३, शुक्रबार

आगामी वर्ष नेपालमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anand-pokheral

काठमाडौँ, ६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल भारतको त्रिपुरा राज्यमा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा भाग लिएर स्वदेश फर्कनुभएको छ ।

यही पुस ३ र ४ गतेसम्म भएको दुईदिने सम्मेलनमा नेपालका तर्फबाट भाग लिएर आइतबार साँझ उहाँ स्वदेश फर्कनुभएको हो ।

आगामी बुद्ध जयन्ती अर्थात् २१ मार्च २०१६ का अवसरमा नेपालमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न आफूले राखेको प्रस्तावलाई सम्मेलनले स्वीकार गरेको उहाँले जानकारी दिनुभयो ।

विश्व शान्तिको प्रतीकका रुपमा रहेको लुम्बिनी क्षेत्रमा बन्द, हडताल गर्न नहुने प्रस्तावलाई पनि सम्मेलनले पारित गरेको थियो ।

सम्मेलनमा दक्षिण एसिया र पूर्वी एसियाका ३९ राष्ट्रका सहभागिता थियो ।
भारत भ्रमणका क्रममा मन्त्री पोखरेलले त्रिपुरा राज्यका मुख्य मन्त्रीका माणिक सरकारसँग समेत भेटवार्ता गर्नुभएको थियो । रासस