१३ कार्तिक २०८३, शुक्रबार

ढुङ्गामा च्यापिएर एक बालकको ज्यान गयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dang Districtतुलसीपुर, ६ पुस । दाङको बल्लेमा ढुङ्गामा च्यापिएर एक बालकको ज्यान गएको छ । तुलसीपुर–७ बल्लेमा तरुल खन्ने क्रममा ढुङ्गाले च्यापिएर १० वर्षे बालक सन्दीप सुनारको घटनास्थलमा नै ज्यान गएको थियो ।

स्थानीयवासी वीरबहादुर बुढाका अनुसार निमावि प्रतावकोटमा कक्षा ५ मा अध्ययनरत सन्दीप आइतबार बेलुका विद्यालयबाट परीक्षा सकेर घर फर्केपछि खाजा खाएर घरनजिकैको जङ्गलमा तरुल खन्न पुगेका थिए । तर तरुल खन्ने क्रममा माथिबाट खसेको झन्डै १० क्विन्टलको ढुङ्गाले सन्दीपलाई च्यापेको बुढाले बताउनुभयो ।

सन्दीपलाई च्यापेको ढुङ्गा पन्छाएर उनको शव आज बिहान मात्र निकालिएको छ । रासस