१३ कार्तिक २०८३, शुक्रबार

चौथो वार्षिकोत्सवका अवसरमा ५४ पिन्ट रगत संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Blood-donatin-Itahari

– खगेन्द्र कार्की
इटहरी, ६ पुस । “मोरङसुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना”भन्ने मूलमन्त्रका साथ स्थापित मोरङसुनसरी सेवा समाज नेपालले संस्थाको चौथो वार्षिकोत्सवको अवसर पारेर औपचारिक कार्यक्रमसहित खुल्ला रक्तदानमार्फत ५४ पिन्ट रगत संकलन गरिएको छ । रक्तदान जीवनदान, जीवनदान महादानलाई आत्मसाथ गर्दै मोरङको केराबारीस्थित स्वास्थ्य चौकीमा मोरङसुनसरी सेवा समाज नेपाल, केराबारी नारी विकास बचत तथा ऋण सहकारी संस्थाद्वारा संयुक्त रुपमा आयोजित सो कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको प्राविधिक सहयोगमा प्राप्त भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी प्राविधिक टोलीका टोली प्रमुख दिपक पण्डितको प्रमुख आतिथ्यता तथा केराबारी नारी विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनुषा घिमिरे (ढकाल) को विशेष आतिथ्यता रहेको सो कार्यक्रम संस्थाका अध्यक्ष बद्रीप्रसाद बिमलीको सभापतित्वमा सम्पन्न भएको थियो । नारी विकास साकोस कोषाध्यक्ष टेकुमाया खड्काले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा संस्थाका गतिविधि र रक्तादानको महत्वमाथि मोरङ सुनसरी सेवा समाजका सल्लाहकार संयोजक श्री गोकुल बहादुर थापा र नारी विकास साकोसबाट अध्यक्ष घिमिरेले बोलेका थिए । कार्यक्रमलाई मोसुका महासचिव उत्तम श्रेष्ठ सेनले सञ्चालन गरेका थिए ।

चारवटा ममबत्तिद्वारा द्विप प्रज्जवलन गरी उद्घाटन गरिएको सो कार्यक्रमलाई सफल बनाउन दुवै संस्थाका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । लगभग झण्डै १५० जनाको स्वास्थ्य परिक्षण गर्दा न्युन व्यक्तिहरुमात्र रक्तदानको लागि उपयोगी बनेका थिए । अत्याधिक महिला तथा पुरुषहरुमा प्रेसरको समस्यालाई रक्तदान दिन अयोग्य भएका थिए । यद्यपि केराबारीको वस्तुस्थिति, सो दिनका चारैतिर जुधेका कार्यक्रमहरुको चापका बाबजुद ५४ पिन्ट रगत संकलन गरिएको थियो । सम्पूर्ण रक्तदातालाई संस्थाको प्रमाणपत्र प्रदान गरिएको थियो भने सहयोग संस्थाहरुलाई मोरङसुनसरी सेवा समाज नेपालको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष बद्रीप्रसाद बिमलीले भोलि हाम्रो र हाम्रो समाजको जीवन रक्षाका लागि गरिएको यो पुन्य कार्यक्रममा उपस्थित भई रक्तदान गर्नुहुने, कार्यक्रमलाई साथ र सहयोग प्रदान गर्नुहुने सबैलाई धन्यवाद दिएका थिए ।

बिमलीले संस्थाको कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्ने निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार संयोजक गोकुलबहादुर थापा, केराबारी नारी विकास साकोस टिम, स्थान उपलब्ध गराउने स्वास्थ्य चौकी केराबारी र प्राविधिक टोली पठाएर सहयोग पु¥याउने नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखालाई विशेष धन्यवादसहित कार्यक्रममा खटिएका स्वयंसेवकदेखि मोसु र नारी विकास साकोसकाका उपस्थित सबैलाई धन्यवाद दिएका थिए । मोरङसुनसरी सेवा समाज नेपालको चौथो वार्षिकोत्सवका अवसरमा मंसिर २५ गते चतरामा आँखा शिविरको आयोजित गरिसकिएको छ ।