१३ कार्तिक २०८३, शुक्रबार

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Saptari_districसप्तरी, ६ पुस । दुई दिन अगाडि सप्तरीको मलेकपुरबाट हराएकी एक महिलाको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ ।

मृत्यु हुनेमा जिल्लाको मलेकपुर गाविस–१ निवासी ७५ वर्षीया देवकी सदा रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहा सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । कुशाहा–६ निवासी ५५ वर्षीय साइकल यात्री पुल्कित चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरीलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स५प ३४९० नं को मोटरसाइकलले ठक्कर दिएको थियो । रासस