काठमाडौँ, २५ असार । डिभिजन सहकारी कार्यालय मकवानपुरले जिल्लामा नियमित सञ्चालनमा नरहेका ३६ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।
मकवानपुरमा अहिले ५ सय ७२ वटा सहकारी संस्था दर्ता भएकामध्ये ४ सय ७० वटा सहकारी संस्था नियमित सञ्चामा रहेका छन् ।
कार्यालयले हेटौाडा नगरपालिकामा सञ्चालनमा रहेका १ सय ५१ वटा बचत तथा ऋण सहकारी संस्थामध्ये ६० वटा सहकारी संस्थाको अनुगमन समेत सम्पन्न गरेको छ ।
आर्थिक कारोबार, ऋण लगानी पारदर्शी नहुनुका साथै लेखापरीक्षण नगरिएका २५ वटा सहकारी संस्थालाई कार्यालयमा बोलाई सजग गराइएको कार्यालयले जनाएको छ ।














प्रतिक्रिया