१३ कार्तिक २०८३, शुक्रबार

मधेसी मोर्चाविरुद्ध उत्रिए मधेसका महिला, बर्दिवासमा विशाल प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

महोत्तरी, ५ पुस । जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको अभद्र व्यवहारको विरोधमा महोत्तरीको बर्दिवास बजारमा महिलाहरुले आज प्रदर्शन गरेका छन् ।

अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, नेपाल महिला सङ्घलगायतका सङ्गठनले राष्ट्रपति भण्डारीमाथि जनकपुरमा भएको दुव्र्यवहारविरुद्ध प्रदर्शन गरेका हुन् ।

विवाह पञ्चमीको अवसरमा जनकपुर गएको बेला मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिधवा भन्दै अपमान र दुव्र्यवहार गरेका थिए । राष्ट्रपति भण्डारीमाथि भएको दुव्र्यवहारको अहिले चौतर्फी विरोध भइरहेको छ ।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य शशीकला दाहालले कुनै पनि सभ्य समाजले कल्पना गर्न नसक्ने किसिमको दुव्र्यवहार राष्ट्रपतिमाथि हुनु दुःखद् भएको बताउनुभयो । उहाँले राष्ट्रपतिमाथि दुव्र्यवहार गर्नेलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गर्नुभयो । रासस