२८ आश्विन २०८३, बुधबार

टेलिकमले शेयर धनीहरुलाई ४६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NTC-6th-AGMकाठमाडौँ, २४ असार । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले शेयर धनीहरुलाई ४६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार आयोजित छैठौं वाषिर्क साधारणसभाले नेपाल सरकारबाट स्वीकृत चुक्ता पूँजीको ४६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो । कम्पनीले असार २६ गतेदेखि शेयरधनीहरुलाई एनएमबि बैकका देशभर रहेका शाखाहरुबाट नगद लाभांश वितरण शुरु गर्ने जनाएको छ ।

कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुमन प्रसाद शर्माले आगामी दिनमा कम्पनीले सेवा प्रतिको विश्वसनियता अभिबृद्धि गराई ग्राहकहरुलाई कम्पनीको सेवामा टिकाइराख्न एडीएसएल, थ्रिजी, इभिडियो, वाईम्याक्स, मोवाइल इन्टरनेट लगायतका सेवाहरुको विस्तार तथा मोवाइल ब्रोडब्याण्ड सेवाको प्रवर्द्धनलाई प्राथमिकता दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । ग्रामीण क्षेत्रको बजारलाई पकेट क्षेत्रको रुपमा बिस्तार गर्न आधारभुत सेवाहरुको विस्तारको साथै ग्रामीण क्षेत्रसम्म अप्टिकल फाइवरको सञ्जाल विस्तार गरी डाटा सेवाको बिक्री वितरणमा प्राथमिकता प्रदान गरिने उहाको भनाई थियो ।

त्यसैगरी कार्यक्रममा उहाँले कम्पनीको आर्थिक अवस्था स्वस्थ रहेको दाबी गर्दै आर्थिक वर्ष २०६८र०६९ मा कम्पनीको कुल राजश्व ३७ अर्ब २८ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०६९–०७० मा ४.२२ प्रतिशतले बृद्धि भई ३८ अर्ब ८५ करोड रुपैयाँ पुगेको जानकारी दिनुभयो ।