२८ आश्विन २०८३, बुधबार

पुनर्जीवन पाए नीर शाहले, नौ दिन पछि अस्पतालबाट घर फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nir-Shah

काठमाडौं। नौ दिन अघि हृदयघातका कारण गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका वरिष्ठ फिल्मकर्मी नीर शाहलाई स्वास्थ्यमा पूर्ण सुधार आएपछि सोमबार डिस्चार्ज गरिएको छ। उनलाई साँझ पाँच बजे अस्पतालले डिस्चार्ज गरेको हो।

घर जान पाएपछि शाह निकै खुशी देखिएका थिए। ‘मैले आफ्नो पुर्नजन्म पाएको छु।’ उनले भने। हृदयघात भएपछि शाह भेन्टिलेटरसम्म पुगेका थिए। उनलाई सामान्य अवस्थामा ल्याउन डाक्टरहरुलाई झण्डै ७२ घण्टा लागेको थियो। हस्पिटलमा आफूलाई भेट्न आएका शुभचिन्तकहरुसँग कुराकानी गर्ने क्रममा शाहले अभिनयको यात्रालाई निरन्तरता दिन आफू पछि नहट्ने पनि बताएका छन्।

शाहले पछिल्लो समय ऐतिहासिक कृति सेतो बाघ माथि फिल्म बनाएका छन् जुन फिल्म रिलिजको क्रममा छ।