१२ कार्तिक २०८३, बिहिबार

दुर्घटनामा दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Saptari_districसप्तरी, २९ मङ्सिर । छुट्टाछुट्टै दुर्घटनामा परी यहाँ दुई जनाको मृत्यु भएको छ ।

राजविराजबाट मलेकपुर जाँदै गरेको स१त २८६५ नंको ट्र्याक्टर आज बिहान अनियन्त्रित भई पल्टिँदा मलेकपुर–८ का मसहरनियाँ निवासी ३० वर्षीय बद्री सदाको घटनास्थलमै मृत्यु भएको छ ।

सोही दुर्घटनामा परी ट्रयाक्टर चालक जोमनी मधेपुुरा–३ का ५५ वर्षीय भोलाराम गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो । घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

यस्तै राजविराज–रुपनी सडकखण्ड अन्तर्गत मलेठमा १प ३२७ नंको मोटरसाइकलको ठक्करबाट सोमबार मलेठ–१ निवासी नौ वर्षीया जोमुनाकुमारी नुनियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच हर्दिया गाविसमा जङ्गली हात्तीको आक्रमणबाट हर्दिया गाविस–५ निवासी ३० वर्षीया मैयाँ कार्की गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । रासस