१२ कार्तिक २०८३, बिहिबार

राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले आक्रमण गर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapti-3

– गणेश आचार्य
तुलसीपुर, २८ मंसिर । मालिका कालिका यातायात प्रालिले महासचिव गेहेन्द्र वलीमाथि राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले आक्रमण गरेको आरोप लगाएको छ ।

महासचिव वलीमाथि आक्रमण भएपछि प्रालिले तुलसीपुरमा पत्रकार सम्मेलन गरि महासचिव वली माथि राप्ती अन्चल सार्वजनिक यातायात व्यवसायी समितीले आक्रमण गरेको आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा मालिका कालिका यातायात प्रालिका उपाध्यक्ष राजविक्रम आरसीले महासचिव वली माथि राप्ती समितिले सुनियोजित रूपमा आक्रमण गराएको दावी गर्दै आफूहरू राप्ती समिति बिरूद्द कानुनी उपचार खोज्ने बताउनु भयो । उहाँले आफूहरूले राज्यको नियम मानेर सुबिधा युक्त बस संचालन गर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रालिका कोषाध्यक्ष रम्बा वलीले अघिल्लो दिन राप्ती समितिले पत्रकार सम्मेलन गरि आफ्नो प्रालिलाई संचालन हुन नदिन भेोतिक रूपमा अघि बढ्ने घोषणा गरि भोलिपल्ट आक्रमण गरेको दावी गर्नुभयो । महासचिव वलीले पनि राप्ती समितिले योजना बिरूद्द आफूमाथि आक्रमण गराएको बताउनुभयो ।

मालिका कालिका यातायात प्रालिका महासचिव गेहेन्द्र वली माथि आज तुलसीपुरमा सांघातिक आक्रमण गरेको थियो । प्रालिले आक्रमणकारीको पहिचान गरि कानुनी दायरामा ल्याउन ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।

Rapti Rapti-1 Rapti-2