१२ कार्तिक २०८३, बिहिबार

पैसा दिएर बलात्कार गर्ने ७० वर्षीय बृद्ध पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rap-studentइलाम, २८ मङ्सिर । बालिका बलात्कार गरेको आरोपमा इलाम चुलाचुलीका एक वृद्धलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

एघार वर्षकी बालिकालाई ललाइफकाइ बलात्कार गरेको आरोपमा चुलाचुली–१ का ७० वर्षीय रङ्गलाल दुलाललाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई फकाइफुल्याइ आइतबार बेलुका घरनजिकैको काँसघारीमा दुलालले बलात्कार गरेको प्रहरी निरीक्षक रुद्र चुडालले जानकारी दिनुभयो ।

पक्राउ परेका वृद्धले बालिका बलात्कार गरेको स्वीकारेका छन् । पीडितको अवस्था सामान्य रहेको बताइएको छ । रासस