१२ कार्तिक २०८३, बिहिबार

एमाले काभ्रेमा गुटगत चुनाव, ओलीलाई नेपाल समूहको टक्कर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-Kavre-Neupane-waiba

– आरएस आचार्य
काभ्रे, २८ मंसिर । प्रमुख सत्ताधारी दल नेकपा एमालेको शनिबारबाट सुरु भएको काभ्रे जिल्ला अधिवेशनमा गुटिए चुनाव हुन लागेको छ ।

जिल्लाको बनेपामा जारी अधिवेशनमा केन्द्रीय गुटका आधारमा केपी शर्मा ओली र माधव नेपाल पक्षिय नेताहरु विच गुटिए रुपमा निर्वाचन हुन् लागेको हो । सोमबार दिउँसो दुवै पक्षिय नेताहरुले गुट नै बनाएर चुनावी मैदानमा होमिएका हुन् ।

पार्टी अध्यक्ष ओली पक्षबाट अध्यक्षमा भीम न्यौपानेले टिम नै बनाएर उम्मेदवारी दिएका छन् । उनको टिमबाट उपाध्यक्षमा पुर्व सचिव अशोक व्याञ्जु, सचिवमा युवा नेता नारायण पाण्डे र उपसचिवमा इन्द्रबहादुर लामा रहेका छन् ।

bhim neupane.jpj
ओली पक्षका भीम न्यौपाने

उता नेता नेपाल पक्षबाट केन्द्रीय सदस्यमा पराजित पूर्व जिल्ला सचिव टोकबहादुर वाइवाले पनि टिम नै बनाएर आफ्ना उम्मेदवाारी दर्ता गराएका छन् । उनको पक्षबाट अञ्चल कमिटि सदस्य मुकन्द गौतम उपाध्यक्ष, सचिवमा हरिशसरण दाहाल र उपसचिवमा गीता बञ्जारा चुनावी मैदानमा उत्रिएकी छन् । ८ हजार ५ सय संगठित सदस्यबाट चुनिएका ११ सय ३५ प्रतिनीधिले निर्वाचनमा मतदान गर्ने छन् ।

जिल्ला अधिवेशनमा एमाले केन्द्रीय सल्लाहाकार समिती अध्यक्ष एव स्थायि कमिटी सदस्य केशव बडाल एमाले युवा नेता गोकुल बास्कोट, अध्यक्ष एवं सांसद रामहरी सुवेदी लगायतका नेताहरु न्यौपाने पक्षमा उभिएका छन् । जसमध्ये ७० प्रतिशत भन्दा बढि न्यौपाने टिम रहेको एमाले स्रोत बताएको छ ।

tok bd  waiba_jpj
नेपाल पक्षका टोकबहादुर वाइवाले

जिल्लामा रहेका एमाले भातृसंगठनहरु अनेरास्ववियु, युवा संघ, अनेमसंघ, अनेरास्ववियु क्याम्पस कमिटी, काभ्रे काठमाडौ सम्पर्क मञ्च, पर्यटन व्यवसायि संघ, प्रेस चौतारी नेपाल, लगायत १९ जनसंगठनहरुबाट न्यौपाने पक्षमा भोट माग्न थालिएको अनेरास्ववियु नेता गोबिन्ध उप्रेतिले बताए ।

उता वाइवा पक्षबाट केन्द्रमा ओली पक्षिय मानिएका सांसद विदुर सापकोटा, संविधानसभा निर्वाचनमा अन्तरघातको आरोपमा कार्वाहि परेका नेता कृष्णप्रसाद सापकोटा वाइवा पक्षलाइ जिताउन लागि परेका छन् ।

यस अगाडी सम्म ओली पक्षीय मानिएको काभ्रे जिल्लामा ओलीको विरासतलाइ कायम राख्न कठिन हुने नेपाल पक्षिय नेताहरुको भनाइ रहेको छ ।