हेरात (अफगानिस्तान), २३ असार । अफगानस्तानको पश्चिमी प्रान्त हेरातमा सोमबार बिहान तालिवानको आक्रमणमा एक प्रहरी प्रमुख र अन्य चार प्रहरीको मृत्यु भएको छ ।
हेरात प्रान्तका प्रान्तीय गभर्नरले दिएको जानकारी अनुसार तालिवानहरुले रकेट आक्रमण गरी प्रहरीको हत्या गरेका हुन् ।
स्थानीय समयाअनुसार सोमबार बिहान ८ः३० बजे फार्सी जिल्लाका कर्नेल सेर अहमद र चार प्रहरीको तालिवानले गरेको रकेट आक्रमणमा मृत्यु भएको गभर्गर सयेद फाज्लुल्लाह वाहिदीले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ ।
अफगानिस्तानको राजधानी काबुलदेखि ६४० किलोमिटर पश्चिममा रहेको हेरात प्रान्तमा सो आक्रमण भएको जनाइएको छ । हालैका वर्षहरुमा अफगान सुरक्षाबलको हताहती सङ्ख्यामा वृद्धि भएको बताइएको छ ।
यसै वर्षको अन्त्यसम्ममा नेटोसँगआवद्ध सैनिक अफगानिस्तान छोड्ने निर्णय गरिसकेकोले सो निर्णयमाथि थप दबाब दिनका लागि तालिवानहरुले आक्रमण गर्ने गरेका छन् ।
त्यसपछि अफागानिस्तानमा सुरक्षाको जिम्मा सबै अफगान सैनिकमा आउने हुनाले हालैदेखि अफगानिस्तानमा सुरक्षाको प्रायः जिम्मा अफगान सैनिकले लिएका छन् ।
अफगानिस्तानमा सन् २०१० देखि लिएर केही समयमात्र अघिसम्म पनि एक लाख ३० हजार नेटो सैनिक रहेकामा हाल सो सङ्ख्या घटेर ५१ हजार पुगेको छ ।
यस वर्षको अन्त्यसम्म प्रायः नेटो सैनिक अफाागास्तिानबाट फर्किसक्ने योजना रहेको छ । अमेरिकाले अफागानिस्तानको नयाँ राष्ट्रपति र वासिङ्गटनबीच सुरक्षा सम्झौता भएमा करिब १० हजार सैनिक अफगानिस्तानमा आगामी वर्षसम्म रहने प्रस्ताव गरेको छ । रासस/सिन्ह्वा














प्रतिक्रिया