१२ कार्तिक २०८३, बिहिबार

माले सचिव एमालेमा प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-Darchul (1)

दार्चुला, २७ मंसिर । नेकपा माले जिल्ला कमिटी सचिव राजेन्द्रबहादुर बम आज नेकपा एमालेमा प्रवेश गरेका छन ।

नेकपा एमाले जिल्ला कमिटी बैठकमा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवं सांसद गणेशसिह ठगुन्नाले उनलाई टिका लगाएर एमालेमा प्रवेश गराएका हुन् ।

०७० सालको संविधानसभा निर्वाचनमा नेकपा मालेकोतर्फबाट समानुपातिक सभाषदको टिकट पाएका थिए । धारी गाविस वडा नम्बर १ घर भएका वम एमाले नै अबको विकल्प भएको भन्दै एमाले प्रवेश गरेका हुन् ।

Uml-Darchul (2)यस्तै अपि नाम्पा संरक्षण क्षेत्र समिति धारीका अध्यक्ष एवं अपि नाम्पा संरक्षण परिषद सदस्य मीनबहादुर वम पनि एमालेमा प्रवेश गरेका छन् । अपि नाम्पा संरक्षण समितिको निर्वाचनमा एमाओवादीको सहयोगमा गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।

नेपाली काग्रेस पृष्ठभूमीका वम संरक्षण समितिको अध्यक्षमा काग्रेसले सहयोग नगरेपछि एमाओवादीको कोटामा गएका थिए । वमले एमालेमा क्रियाशिल भएर काम गर्ने बताएका छन् ।