१२ कार्तिक २०८३, बिहिबार

सांसद अधिकारीको पूर्वयोजना तर्जुमा गोष्ठी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rabindra-Adhikriपोखरा, २६ मंसिर । कास्की ३ बाट प्रत्यक्ष निर्वाचित सांसद तथा व्यवस्थापिका संसद विकास समिति सभापति रवीन्द्र अधिकारीले आइतबार पोखरामा पूर्वयोजना तर्जुमा गोष्ठी तथा छलफल कार्यक्रम सम्पन्न गरेका छन् ।

अधिकारीले हरेक निर्वाचन क्षेत्रमा सांसदले गर्ने निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा निर्वाचन क्षेत्र विशेष पूर्वाधार विकास कार्यक्रमको योजना छनौट तथा तर्जुमा प्रक्रियाको लागि आर्थिक वर्ष २०७२।०७३ को आफ्नो निर्वाचन क्षेत्रका नेता कार्यकर्ता तथा जनतासँग नीतिगत अन्तरक्र्रिया गरेका छन् ।

अन्तरक्र्रिया कार्यक्रममा उनले हरेक विकास निर्माणमा जनचासो सरोकार र सहभागिता नभै नहुने तत्व भएको हुँदा जनआवश्यकताका योजना छनौट गर्न अन्तरक्रिया गर्दै आएको बताए ।

जनताका प्रत्यक्ष तत्कालका विकासका पूर्वाधार निर्माणमा प्राथमिकता दिँदै आएको हुँदा सोही अनुसारका साना तथा ठूला आयोजनामा रकम विनियोजित गरिने हुँदा त्यस्ता योजनाको पहिानमा अनुगमन गर्न आफ्ना सहयोगी नेता कार्यकर्तालाई अनुरोध गरे ।

प्रत्येक वर्ष सांसद अधिकारीले छलफलसहित विभिन्न आयोजनामा विनियोजित रकमको सार्वजनिकीकरण गर्दै आएका छन् । विगत आर्थिक वर्षमा संचालित कार्यक्रम तथा रकमको सदुपयोग भए नभएको योजनाको प्रभावकारी कार्यान्वयनको अवस्थाबारे विशेष संयन्त्तमार्फत निरीक्षण र मूल्यांकन समेत गर्ने गरेका छन् ।

एमाले कास्की ३ को आयोजनामा सम्पनन गोष्ठीमा विगतका कार्यक्रम नेपालकै निर्वाचन क्षेत्रमा संचालित कार्यक्रममा उत्कृष्टमा पर्नु गौरवको कुरा भएको क्षेत्रीय अध्यक्ष धनबहादुर नेपालीले बताए ।

कार्यक्रममा सो क्षेत्रका पार्टी सम्बन्ध नेता कार्यकर्ता एवं जनताको उपस्थित रहेको क्षेत्रीय सचिवालय सदस्य जीवनप्रसाद आचार्यले बताए ।