महेन्द्रनगर (धनुषा), २७ मङ्सिर । धनुषाको ठेराकचुरीबाट आज बिहान अत्याधुनिक पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको गस्ती टोलीले जनकपुर–धनुषाधाम सडकखण्डको ठेरामा सवारी जाँचको क्रममा ठेरा घर भएका ३१ वर्षीय विजय यादवलाई पक्राउ गरेको हो ।
धनुषाधामबाट जनकपुरतर्फ आउँदै गरेका यादवबाट एक थान अत्याधुनिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यादवलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । रासस














प्रतिक्रिया