१२ कार्तिक २०८३, बिहिबार

पत्रकार ऋषि धमलाको घरमा आगलागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rishi Dhamalaकाठमाडौं, २७ मंसिर । पत्रकार ऋषि धमलाको काठमाडौं, रानीबारीस्थित विजयमार्गमा रहेको घरमा आगलागी भएको छ ।

आगलागी इन्भर्टर पड्किएर भएको जनाइएको छ । आगलागीबाट पाँच लाख बराबरको क्षति भएको छ ।

घरको तेस्रोतलाको भान्छाकोठामा एक्कासि इन्भर्टर भड्केर आगलागी हुँदा फ्रिज, दराज, लत्ताकपडालगायतका सामान जलेर नष्ट भएका छन् ।

दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।