१२ कार्तिक २०८३, बिहिबार

माहुरीको टोकाइबाट मल्लको मृत्यु, २ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepaljung

– विश्वराज चौधरी
नेपालगन्ज, २६ मंसिर । नेपालगन्ज–गुलरिया सडकखण्ड अन्तरगत मानपुरमा भिर मौरीले टोक्दा १ जनाको मृत्यु भएको छ । मौरीले टोकेर २ जना गम्भिर घाइते भएका छन् ।

नेपालगन्ज गुलरिया सडकखण्डको मानपुरमा साइकलमा हिडिरहेका बाँके बागेश्वरी गाविस– ४, डि गाउँका काली बहादुर मल्लको मृत्यु भएको हो । मौरीको टोकाइबाट खजुराखुर्द गाविस–४ का प्रमेश गुप्ता र मैनापोख बर्दियाकी १५ बर्षिया सोना क्षेत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मौरीको टोकाइबाट गम्भिर गुप्ताको नेपालन्जस्थित भेरी अञ्चल अस्पताल र सोनाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । मानपुरस्थित पिपलको रुखमा रहेको मौरी एक्कासी आएर सो सडकमा गइरहेका साइकल यात्रिलाई झम्टिन थालेपछि केही बेर नेपालगन्ज–गुलरिया सडक खण्ड अबरुद्ध भएको थियो ।

मौरीले टोकेर गम्भिर भएका मल्ल नजिकै रहेको घरभित्र पसेपनि उनी बाच्न सफल भएनन् । उनको शरिरमा ५० देखि ६० वटा मौरीले टोकेको प्रत्यक्षदर्शीले बताए ।

केही दिन अघिदेखि उक्त पिपलको रुखमा रहेको मौरीलाई काग र बाजले बेलाबेलामा आक्रमण गरेपछि स्थानीयबासी त्रसित बनिरहेका थिए । शनिबार पनि बाजले मौरीलाई झम्टिएका कारण रिसाएर यात्रुलाई टोकेको स्थानीयले बताए । मौरीले आतंकित पारेपछि स्थानीयले आगो बालेर मौरी धपाएका छन् ।